Kathmandu Press

अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई नेपालीको मृत्यु भएको हो।
अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

काठमाडौं, पुस २६ : अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ।

स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई नेपालीको मृत्यु भएको हो।

मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र उनका नातेदार २० वर्षका निश्चल भट्टको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एनबीसी वाशिङ्गटन डटकमले जनाएको छ।

कार पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खसेको थियो। दुर्घटना स्थलको भिडियो हेर्दा कारको अघिल्लो भाग पानीमा डुबेको देखिन्छ। अत्यधिक चिसो मौसम र उद्धारमा पनि ढिलाइ भएकाले उनीहरुको मृत्यु भएको त्यहाँस्थित नेपालीहरुले बताएका छन्।

खड्का सोही होटलमा हाउस किपिङमा काम गर्दथे। उनले आफ्नो भान्जा नाता पर्ने अर्का व्यक्तिलाई त्यही होटलमा काम लगाइदिने भनेर उनले होटलमा ल्याएका थिए।

मृतक कर्ण थापा छोरी ज्वाइँ र श्रीमतीसहित अमेरिकामा बस्दै आए पनि मृतक अर्का व्यक्तिको परिवार भने नेपालमा रहेको बताइएको छ।

प्रकाशित मिति: ०८:५३ बजे, शुक्रबार, पुस २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्