दुर्गा प्रसाईंलाई तीन लाख धरौटीमा छाड्न आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।काठमाडौं, पुस २५ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
बिहीबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई तीन लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
प्रसाईंविरूद्धको आपराधिक लाभ र संगठित अपराध कसुरमा ३ थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले धरौटीमा रिहा गर्न आदेश गरेका हुन्।
त्यस्तै हरिचन्द्र फुयालसँग पनि तीन लाख धरौटी माग भएको छ।
प्रसाईं, फुयाल र रामचन्द्र मैनालीविरूद्ध बुधबार सरकारी वकिलको कार्यालय काठमाडौले मुद्दा दायर गरेको थियो।
मैनाली फरार छन्।
उनीहरूले संगठित रूपमा गभर्नर महाप्रसाद अधिकारी र व्यवसायीहरूलाई धम्क्याएको आरोप थियो।
प्रसाईंले भारतीय गुण्डा नाइके लरेन्स बिस्नोईको नाम लिएर नेपाली व्यवसायीहरूलाई धम्क्याएको आरोप छ।
प्रकाशित मिति: २१:०४ बजे, बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रवि लामिछानेलाई प्रहरीले छाड्यो, भोलि आफै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनेबिहीबार, पुस २५, २०८१
दुर्गा प्रसाईंलाई तीन लाख धरौटीमा छाड्न आदेशबिहीबार, पुस २५, २०८१
प्रचण्ड र माधव नेपालबीच भेटवार्ताबिहीबार, पुस २५, २०८१
कास्की प्रहरीको हिरासतबाट छुटे रवि लामिछानेबिहीबार, पुस २५, २०८१