Kathmandu Press

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

भेटका अवसरमा वरिष्ठ नेता भुसाल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन  सहभागी थिए।
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, पुस २५ :  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज अपराह्न भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वेदुराम भुसालले बताए।

भेटका अवसरमा वरिष्ठ नेता भुसाल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन  सहभागी थिए।

प्रकाशित मिति: २०:५२ बजे, बिहीबार, पुस २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्