Kathmandu Press

३७ लाख धरौटी बुझाउन नसक्दा लिला पछाईं कारागार चलान

उनलाई कारागार कार्यालय कास्की पठाइनेछ।
३७ लाख धरौटी बुझाउन नसक्दा लिला पछाईं कारागार चलान

काठमाडौं, पुस २५ : पोखराको सूर्यदर्शन सहकारीको वचत अपचलन मुद्दाका प्रतिवादी लिला पछाईं धरौटी बुझाउन नसक्दा कारागार चलान भएकी छन्।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा बिहीबार कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासले पछाईंसँग ३७ लाख धरौटी माग गरेको थियो।

Hardik ivf

धरौटी तिर्न नसक्दा उनी कारागार चलान भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

उनलाई कारागार कार्यालय कास्की पठाइनेछ।

अदालतले माग गरेअनुसारको धरौटी नगदमा, जायजेथा वा बैंक ग्यारेन्टीबाट व्यवस्था गर्न सकिने प्रावधान छ। पछाईंले कुनैपनि माध्यमबाट धरौटी बुझाउन नसक्दा कारागार चलान भएकी हुन्।

पछाईंविरूद्ध सम्पत्ति शुद्धीकरणतर्फ २४ करोड ६७ लाख ७ हजार ३४ रूपैयाँ बिगो दाबी गरिएको थियो।

यस्तो छ पछाईंको हकमा अदालतको आदेश: 

प्रतिवादी लिला पछाईको हकमा विचार गर्दा, निज प्रतिवादीलाई माथि प्रकरणमा उल्लिखित सहकारी ठगी, सङ्गठित अपराध, अभौतिक कारोवार गरेको एवं एकीकृत कसूर र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग लागेको देखिएकोमा निज प्रतिवादीले मौकामा र यस इजलास समक्ष वयान गर्दा निज यस मुद्दाका फरार प्रतिवादी गितेन्द्र बाबु राईको निजी एकाउन्टेन्ट रहेको र निज गितेन्द्र वावु राईले भने अनुसार नै आफ्नो खाताको प्रयोग हुने गरी रकम एउटा खाताबाट अर्को खातामा हाल्ने गरेको, Binance App मा एकाउन्ट खोलेको तर क्रिप्टो करेन्सीकबारे रहेको भन्ने थाहा भएपछी केही कारोवार नगरेको, गितेन्द्र बाबु राईले आफूलाई पारिश्रामिक स्वरुप घर जग्गा खरिद गरिदिएको र शेयर कारोबारमा लगानी गरेर रकम जम्मा गरेको भन्ने वयान रहेको देखिएतापनि निजको नेपाल बैंक लिमिटेडको खागम निज सदस्य नै नरहेको सूर्यदर्शन वचत तथा ऋण सहकारीवाट १ करोड ४० लाख आएको देखिएको सो रकम गितेन्द्रवावु राईको प्राईभेट काममा जम्मा गरिएको हुन्थ्यो र आफूले गितेन्द्र बाबु राईले भने वमोजिम खाताको रकम दिएकी हुन्थें भनी यस इजलास समक्ष बयान गरेको, निजको मोवाइल परीक्षणवाट निजकै मोबाइलबाट अभौतिक मुद्रासम्बन्धी कारोवारको लागि Binance App लग इन भई सोही अकाउन्टबाट अभौतिक मुद्राको लगानी गरेको तथा अन्य प्रतिवादीहरुसंगको अन्तरसम्बन्ध र वै: खाताको ट्रान्जेक्सन समेतका तत्काल प्राप्त आधार प्रमाणहरुबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन भन्न सकिने मनासिब आधार नदेखिएको र तत्काल प्राप्त माथि उल्लेखित प्रमाणहरुवाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी लिला पछाईबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको आधारमा धरौटी रु. ३७,००,०००।- (सैतिस लाख रुपैंया नगदै वा सो बरावरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नु र नदिए वा दिन नसकेमा दफा ८० बमोजिमको थुनुवा पुर्जि दिई थुनामा राख्न कारागार कार्यालय कास्कीमा पठाइदिनु ।

प्रकाशित मिति: २०:२० बजे, बिहीबार, पुस २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्