Kathmandu Press

धादिङको बेल्खुमा ट्रक र हायस ठोक्किँदा १६ जना घाइते

 धादिङको बेल्खुमा ट्रक र हायस गाडी ठोक्किँदा १६ जना घाइते भएका छन्।
धादिङको बेल्खुमा ट्रक र हायस ठोक्किँदा १६ जना घाइते

काठमाडौं, पुस २५ : धादिङको बेल्खुमा ट्रक र हायस गाडी ठोक्किँदा १६ जना घाइते भएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-४ बेल्खुमा पोखराबाट आउँदै गरेको ग २ ख ६६६ नम्बरको हायस र काठमाडौंबाट जाँदै गरेको ना ६ ख ७१८ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए।

Hardik ivf

दुर्घटना हुँदा हायसका चालकसहित त्यसमा सवार १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

घाइतेहरूमा एक विदेशी नागरिक, धादिङको सिद्धलेक गाउँपालिका-६ का २४ वर्षीय यमबहादुर घले, तनहुङ्को शुक्ला गण्डकी गाउँपालिका- ७ का ३८ वर्षीय सुनिता आले, गोरखाको लखन गाउँपालिका-१ बस्ने २१ वर्षीय समय अर्याल, ६१ वर्षीय मधुमाया अर्याल, धादिङको बेनीघाट रोराङ गाउँपालिका-६ का ३९ वर्षीय रमेश थापा, नाम नखुलेकी २२ र १८ वर्षीया युवती, म्याग्दीको बेनी नगरपालिका-४ का ३४ वर्षीय पुरन पुन र कास्कीको पोखरा महानगरपालिका-१४ का ३४ वर्षीय पुष्प पुन रहेका छन्।

त्यस्तै स्याङ्जाका २५ वर्षीय रविना शाह, नुवाकोट बिदुरका २१ वर्षीय विवेक मिजार, धादिङको नीलकण्ठ नगरपालिका-२ बस्ने २६ वर्षीय राज गुरूङ, कास्कीको पवखरा महानगरपालिका-१४ की सुस्मिता आले, २२ महिनाकी रिहान पुन, ३३ वर्षीय खिमराज पुन छन्।

घाइते सबैलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर लगिएको धादिङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:०१ बजे, बिहीबार, पुस २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्