Kathmandu Press

पर्वतारोही पुर्जाबाट घरधनीलाई १ करोड, १४ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

दुई वर्षअघि कपन लसुनटारस्थित टंक घिसिङको घर भाडामा लिएर भण्डारण गरेको अक्सिजन ग्यास र एलपी ग्यास विस्फोटन भएको थियो। 
पर्वतारोही पुर्जाबाट घरधनीलाई १ करोड, १४ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

काठमाडौं, पुस २५ : काठमाडौं जिल्ला अदालतले पर्वतारोही निर्मल पूर्जाको कम्पनीबाट काठमाडौं कपनका एक घर मालिकालाई १ करोड १४ लाख बराबरको क्षतिपूर्ति भराउने फैसला गरेको छ। 

पुर्जाको कम्पनी इलाइट हिमालयन एडभेञ्चर प्रालिबाट उक्त क्षतिपूर्ति भराउन फैसला भएको हो। दुई वर्षअघि कपन लसुनटारस्थित टंक घिसिङको घर भाडामा लिएर भण्डारण गरेको अक्सिजन ग्यास र एलपी ग्यास विस्फोटन भएको थियो। 

Hardik ivf

२०७९ असोज ६ गते एक रोपनी जग्गामा बनेको घिसिङको सुविधा सम्पन्न घर विस्फोटनबाट ध्वस्त भएको थियो। 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले घर भाडामा लिएको पुर्जाको कम्पनी इलाइट हिमालयन एडभेञ्चर प्रालिबाट १ करोड १३ लाख ९९ हजार रुपैयाँ क्षतिपूर्ति भराइदिन फैसला गरेको हो। यस्तो नौलो खालको घटनामा घरधनीलाई क्षतिपूर्ति भराउने फैसला पनि नयाँ रहेको मुद्दामा बहश गरेका कानुनव्यवसायीले बताएका छन्। 

काठमाडौं जिल्ला अदालतबाट गत पुस १६ मा भएको फैसलाको पूर्णपाठ हाल सार्वजनिक भएको हो । जानकारी पीडित घिसिङका घिसिङकातर्फबाट अधिवक्ताहरु अनन्तराज लुईंटेल, विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल, प्रतिभा उप्रेती, रामकृष्ण बन्जारा र विशाल थापाले बहस गरेका थिए । विपक्षीको तर्फबाट युवराज भण्डारीले बचाउमा बहस गरेका थिए। 

पीडितले भने आफ्नो घरको साढे तीन करोड क्षतिपूर्तिको माग दाबी गरेका थिए । विस्फोटन भएको घरको वस्तुस्थिति र सो को क्षतिको विवरण सहितको स्थलगत मुचुल्काका आधारमा अदालतले क्षतिपूर्ति निर्धारण गरेको जनाइएको छ। 

घिसिङसँग भाडाको करार सम्झौता गरी पर्वतारोही पूर्जासहित तीन जनाले सञ्चालन गरेको कम्पनीले कार्यालय सञ्चालन गर्दै आएको थियो । घरधनी पुर्जाले उक्त कम्पनीले आफ्नो अनुमति नलिई गैरकानुनी रूपमा ग्यास र अक्सिजन भण्डारण गरेको दाबीसहित न्यायका लागि अदालतको शरणमा पुगेका थिए। 

सरकारबाट क्षतिपूर्तिमा वेवास्ता भएपछि पीडित अदालत पुगेका हुन्। क्षतिपूर्तिमा चित्त नबुझे उच्च अदालत जाने बाटो भने अझै बाँकी छ। 

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, पुस २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्