Kathmandu Press

आरोप प्रमाणित गरे राजनीतिबाट सन्यास लिन्छु : मन्त्री खड्का

‘ममाथि उठेको प्रश्नको प्रमाणित गर्नुस् म चेकमा भनेको भन्दा १० गुना बढी पुरस्कार दिन्छु,’ मन्त्री खड्काले भने। 
आरोप प्रमाणित गरे राजनीतिबाट सन्यास लिन्छु : मन्त्री खड्का
फाइल तस्बिर।

काठमाडौं, पुस २५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले आफूमाथि लागेको आरोप प्रमाणित गरे राजनीतिबाट सन्यास लिने बताएका छन्।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले उक्त भनाई राखेका हुन्। खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा भएको चेकमा जति रकम भनिएको छ,  अनियमितता प्रमाणित भए त्यसमा १० गुना थपेर पुरस्कार दिने पनि बताए। 

जगदुल्ला जलविद्युत् आयोजनाको १६ अर्बको ठेक्कामा मिलेमतो गराउन ठेकेदारहरूबीच चेक लेनदेन गराएको भन्दै एक सञ्चारमाध्यमले आरोप लगाएको सन्दर्भमा ऊर्जामन्त्री खड्काले यस्तो प्रतिबाद गरेका हुन्। 

‘ममाथि उठेको प्रश्नको प्रमाणित गर्नुस् म चेकमा भनेको भन्दा १० गुना बढी पुरस्कार दिन्छु,’ मन्त्री खड्काले भने। 

प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, पुस २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्