Kathmandu Press

अख्तियारलाई नै घुस प्रस्ताव गर्ने प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध मुद्दा

मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिद प्रकरणमा उनले अनुसन्धान अधिकृतलाई नै एक लाख रुपैयाँ घुस प्रश्ताव गरेको दाबी अख्तियारको छ। 
अख्तियारलाई नै घुस प्रस्ताव गर्ने प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध मुद्दा

काठमाडौं, पुस २५ : नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सापकोटा अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरेको हो। 

मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिद प्रकरणमा उनले अनुसन्धान अधिकृतलाई नै एक लाख रुपैयाँ घुस प्रश्ताव गरेको दाबी अख्तियारको छ। 

उजुरी परेपछि पक्राउ सापकोटा उपर अख्तियारको कार्यालय, कञ्चनपुरबाट विस्तृत अनुसन्धान हुँदा खुस प्रश्ताव गरेको अख्तियारले जनाएको छ। 

अनुसन्धानलाई नै प्रभावमा पार्न खरिद कार्यमा भए गरेका भ्रष्टाचारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारबाही अगाडि नबढाउन ई उनले यस्तो घुस प्रस्ताव गरेका थिए। 

सापकोटा हाल नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत थिए ।  

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, पुस २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्