Kathmandu Press

लामिछानेसहितका अभियुक्तको आदेश सुनाउने तयारी, रास्वपा नेताहरू अदालत परिसरमा  

मुद्दामा आदेश आउने तयारी भइरहेका बेला रास्वपाका रास्वपा नेताहरू डीपी अर्याल, मनिष झा, विराजभक्त महर्जन, हरि ढकाल, शिव नेपालीलगायतका नेता, सांसद एवम् कार्यकर्ताको कास्की अदालतमा भिड लागेको छ। 
लामिछानेसहितका अभियुक्तको आदेश सुनाउने तयारी, रास्वपा नेताहरू अदालत परिसरमा  

कास्की, पुस २५ : सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलगायतका प्रतिबादीलाई थुनामा पठाउने वा नपठाउने भन्ने बिषयमा आदेश लेखन कार्य भइरहेको छ। 

लामिछानेसहितका प्रतिबादीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी रकम लिएर थुना बाहिर राखी पुर्पक्ष गर्ने भन्ने बिषयमा आदेशमा टुंगो लाग्ने छ। करिव दुई घण्टादेखि आदेश लेखन चलिरहेकाले आजै आदेश आउने निश्चित भएको छ। 

Hardik ivf

अदालतबाट निर्णय आउनुपुर्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू जिल्ला अदालत कास्की पुगेका छन्। मुद्दामा आदेश आउने तयारी भइरहेका बेला रास्वपाका रास्वपा नेताहरू डीपी अर्याल, मनिष झा, विराजभक्त श्रेष्ठ, हरि ढकाल, शिव नेपालीलगायतका नेता, सांसद एवम् कार्यकर्ताको कास्की अदालतमा भिड लागेको छ। 

आदेश आउने सम्भावना रहेकोले अदालत वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। वकिलका तर्फबाट जवाफी बहस सकिएपछि न्यायाधीश नीतिज राईले लामिछानेलगायतका प्रतिवादीलाई बोल्न समय दिएका थिए। 

लामिछानेले धरौटीमा मुद्दाको पुर्पक्ष गर्न माग राखेका छन्। अहिले लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल पनि अदालतको विश्रामकक्षमा छन्। 

प्रकाशित मिति: १७:०२ बजे, बिहीबार, पुस २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्