Kathmandu Press

ओलीमा सबै मुर्ख छन्, म मात्रै सर्वज्ञ हुँ भन्ने भाव छ : रावल

प्रधानमन्त्री केपी ओली आँखामा पट्टी बाँधेको शासक भएको बताउँदै उनले ओलीले सबै जनता मुर्ख छन्, म मात्रै सर्वज्ञ हुँ भन्ने भाव प्रस्तुत गरिरहेको बताए।
ओलीमा सबै मुर्ख छन्, म मात्रै सर्वज्ञ हुँ भन्ने भाव छ : रावल

काठमाडौं, पुस २५ : नेकपा एमालेबाट निष्काशित नेता डा. भीम रावलले देशको जगलाई भत्किन नदिन सबै देशभक्तहरु एक भएर अगाडि बढ्नुपर्ने बताएका छन्।

बिहीबार पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले देश र जनताका लागि रगतको खोला बगाएका शहिदहरुको रगतको आडमा बसेर भष्ट्राचारको खेती गर्नेहरु मौलाइ रहेको बताएका हुन्। 

Hardik ivf

‘हाम्रो देशका लागि पृथ्वी नारायण शाहले जुन अखण्ड जग बसाल्नु भएको थियो आज प्रत्येक देशभक्तहरुले त्यो जगलाई भत्किन नदिन यी जगका इटाहरू सर्वनासतिर जान नदिन एक भएर अगाडि बढ्नुपर्ने दिन आएको छ,’ उनले भने, ‘देश र जनताको लागि हामी भन्दा अगाडिका शहिदहरुले रगत बगाएर गए। आज उनीहरुको रगतको आडमा बसेर भष्ट्राचारको खेती गर्नेहरू यहाँ मौलाइरहेका छन्।’

नेता रावलले सरकार चलाउनेहरुले नै नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर रकम खाएको आरोप लगाए। 

‘सरकार चलाउने र ठूला ठूला पदमा बस्नेहरुले नेपाली जनतालाई बेच्ने र नक्कली शरणार्थी बनाएर रकम खाने, जापानको विमानस्थलमा नेपालीलाई बेच्न मन्त्री आफैं जाने, सरकारी जग्गा हड्पिएर आफ्नो आफ्न्तहरुलाई बाँड्ने, कुनै व्यक्ति विशेषको स्वार्थको लागि प्रधानमन्त्री कार्यालयले कुनै अपुग कथित सञ्चार विज्ञको हतियार बन्ने यस्तो घिन लाग्दो काम गर्दै आएका छन्,’ उनले भने।

प्रधानमन्त्री केपी ओली आँखामा पट्टी बाँधेको शासक भएको बताउँदै उनले ओलीले सबै जनता मुर्ख छन्, म मात्रै सर्वज्ञ हुँ भन्ने भाव प्रस्तुत गरिरहेको बताए।

‘कतिपय मान्छेहरु भन्छन्, हामीले त सरकार संविधान संशोधनका लागि ल्यायौं । तर, यदि मेरो आँखा र कानले धोका दिएको छैन भने, देशका प्रधानमन्त्री भन्नुहुन्छ, अब संविधान संशोधन २०८७ सालमा हुन्छ,’ उनले भने, ‘आश्चर्य लाग्छ, सरकारमा म पनि गएको थिएँ। तर, यतिसाह्रो आँखामा पट्टी लगाएर, जनता सबै मुर्ख छन्, म मात्रै सर्वज्ञाता छु भन्ने यस्तो कुनै देशको शासक हुन्छ भन्ने मलाई लाग्दैन।’

प्रकाशित मिति: १६:०४ बजे, बिहीबार, पुस २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्