वागुसेवा निगमको अध्ययन गर्न उपसमिति गठन
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकले समितिका सदस्य रास्वपाका सांसद खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको हो।
काठमाडौं, पुस २५ : प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगमको अध्ययन गर्नका लागि उपसमिति गठन गरेको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकले समितिका सदस्य रास्वपाका सांसद खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको हो।
उपसमितिमा कांग्रेसका सांसद योगेश गौचन थकाली, एमालेका सांसद सुनिता बराल, माओवादी सांसद छिरि ल्हामु लामा (तामाङ) सदस्य रहेका छन्।
नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्नु पर्ने कार्यादेश सहित उपसमिति गठन गरिएको हो।
प्रकाशित मिति: १५:३९ बजे, बिहीबार, पुस २५, २०८१
थप समाचार






