अर्थतन्त्रलाई बीमा क्षेत्रले महत्वपूर्ण योगदान पुर्याएको छ : अर्थमन्त्री पौडेल
बिहीबार बीमा बहसकार्यक्रममा बोल्दै मन्त्री पौडेलले जोखिम न्यूनिकरण, बचत कर्जा र लगानी अभिवृद्धिलाई रोजगारी सिर्जना जस्ता माध्यमबाट अर्थतन्त्रलाई समेत बीमा क्षेत्रले महत्वपूर्ण योगदान पुर्याएको बताएका हुन्।काठमाडौं, पुस २५ : उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जिवन र वित्तिय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
बिहीबार बीमा बहसकार्यक्रममा बोल्दै मन्त्री पौडेलले जोखिम न्यूनिकरण, बचत कर्जा र लगानी अभिवृद्धिलाई रोजगारी सिर्जना जस्ता माध्यमबाट अर्थतन्त्रलाई समेत बीमा क्षेत्रले महत्वपूर्ण योगदान पुर्याएको बताएका हुन्।
प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय र वित्तिय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउदै मन्त्री पौडेलले भने,-‘बचत कर्जा, लगानी अभिवृद्धि, रोजगारी सिर्जना जस्तामाध्यमबाट अर्थतन्त्र निर्माण गर्न बीमा क्षेत्रको महत्वपूर्ण योगदान छ।’
साथै उनले बीमा क्षेत्रको विकास र प्रवद्र्धनकालागि सरकारले निरन्तर प्रयास गर्दै आइरहेको बताए । उनले सरकारले लिएको नीतिगतबीमाको दायरा क्रमशविस्तारै हुँदै गैइरहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासमा बीमा क्षेत्रले धेरै नै महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए । उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बीमा क्षेत्रमा करिव २ लाख व्यक्तिहरुले रोजगारी पाएको समेत बताए ।