Kathmandu Press

सहकारीकाे प्रबन्धक कुट्ने वडाध्यक्ष पक्राउ 

तनहुँको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन्।
सहकारीकाे प्रबन्धक कुट्ने वडाध्यक्ष पक्राउ 

तनहुँ, पुस २५ : सहकारीको प्रवन्धक कुटपिटको गरेको आरोपमा तनहुँको भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन्।

भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको हो।

सहकारीको ऋण धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठसहितको समुहले प्रबन्धक गैह्रेलाई कुटपिट गरेको आरोप छ। 

पक्राउ पर्नेमा वडाध्यक्ष श्रेष्ठ, इश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठ रहेका छन्।

२८ लाख रुपैयाँ ऋणको सावा, ब्याज नतिरेको र पटक–पटक चिठी तथा फोनमार्फत जानकारी गराउँदा बेवास्ता गरेपछि सहकारीले जग्गा लिलामी गरेको दाबी सहकारीको छ। 

पक्राउ परेका वडाध्यक्ष श्रेष्ठसहित पाँच जनालाई तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ। 


 

प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, पुस २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्