Kathmandu Press

अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादनमा जोड दिनुपर्छ : मन्त्री सिंह

‘नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन हामीले उर्जालाई व्यवस्थित गर्नुपरेको छ। कृषि उत्पादन वृद्धि गर्न तपाईं हामी सबैले जोड दिनुपर्छ भन्नेमा दुइमत छैन,’ उनले भने। 
अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादनमा जोड दिनुपर्छ : मन्त्री सिंह

तनहुँ, पुस २५ : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन्। 

बिहीबार तनहुँ महोत्सवमा सम्बोधन गर्दै उनले कृषकको भलाई र देशको आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका हुन्।

तनहुँ जिल्लाको राजनीतिक रूपमा मात्र नभई कृषि,पर्यटन र उर्जाको क्षेत्रमापनि महत्वपूर्ण भूमिका रहेका सिंहले बताए। 

‘नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन हामीले उर्जालाई व्यवस्थित गर्नुपरेको छ। कृषि उत्पादन वृद्धि गर्न तपाईं हामी सबैले जोड दिनुपर्छ भन्नेमा दुइमत छैन,’ उनले भने। 

कोभिडले नेपालको अर्थतन्त्रमा असर पारेपनि अहिले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आएको र त्यसले रोजगारी सिर्जनासँगै अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याएको सिंहले बताए। 

उनले महोत्सवले आर्थिक गतिविधि बढाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे। 

उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारको प्राथिमकता नागरिकको  जिविका सहज बनाउनु रहेको भन्दै त्यसका लागि सरकारले कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रको विकासमा  विशेष ध्यान दिइरहेको बताए। 

महोत्सवले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक नेपाली समाजको चित्र प्रस्तुत गरेको भन्दै उनले कलासँस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि पनि महोत्सव हुनु सकारात्मक रहेको धारणा राखे।

प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, पुस २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्