Kathmandu Press

रविले इजलासमा भने– थुना बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्

कास्की जिल्ला न्यायाधीश नितिज राईले इजलास समक्ष प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न समय दिएपछि लामिछानेले गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग नगरेको बताउँदै अब पनि दुरुपयोग नगर्ने भनाई राखे । 
रविले इजलासमा भने– थुना बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्

कास्की, पुस २५ : सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दा लगाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। 

विहीबार इजलास समक्ष आफ्ना भनाई राख्दै लामिछानेले उक्त माग राखेका हुन्। उनले पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने पनि इजलास समक्ष बताए। 

कास्की जिल्ला न्यायाधीश नितिज राईले इजलास समक्ष प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न समय दिएपछि लामिछानेले गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग नगरेको बताउँदै अब पनि दुरुपयोग नगर्ने भनाई राखे। 

उनले अदालतमा हाजिर हुन आउँदा हरेक पल्ट रिपोर्ट लिएर आउने पनि बताएका थिए। 

सहकारी रकम अपचलन प्रकरणमा आजै आदेश आउने सम्भावना रहेको जनाइएको छ । अहिले अदालत बाहिर सुरक्षा व्यवस्था निकै कडा गरिएको छ। 

प्रकाशित मिति: १३:३० बजे, बिहीबार, पुस २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्