Kathmandu Press

वायु सेवा निगमका समस्या र सुधारका लागि उपसमिति गठन 

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले सांसद शिशिर खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो। 
वायु सेवा निगमका समस्या र सुधारका लागि उपसमिति गठन 
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशाेर यादव।

काठमाडौं, पुस २५ : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययनका लागि उपसमिति गठन गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले सांसद शिशिर खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो। 

Hardik ivf

उपसमिति सदस्यमा छिरिङ ल्हामु लामा, योगेश गौचन थकाली र सुनिता बराल छन्। अध्ययन समितिलाई सुझाव प्रतिवेदनका लागि एक महिनाको समय दिइएको छ। 

समितिले संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी त्यसको जानकारी समितिलाई गराउन समेत निर्देशन दिएको छ।

बैठकले संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको वृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वय गर्न योग्य कार्ययोजना यथासिघ्र निर्माण गरी सो को जानकारी समितिलाई गराउने निर्णय गरेको छ।

प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, पुस २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्