Kathmandu Press

सूर्यदर्शन सहकारी प्रकरण : सरकारी वकिलको बहस सकियो, थुनछेक आदेश आउँदै

पुर्वगृहमन्त्री रवि लामिछाने सहित प्रतिवादीहरूका तर्फबाट बुधबार थुनछेक बहस सकिएरसँगै जाहेरवालाका तर्फबाट प्रतिवादीले उठाएका विषयमाथि बिहिबार सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो।
सूर्यदर्शन सहकारी प्रकरण : सरकारी वकिलको बहस सकियो, थुनछेक आदेश आउँदै

पोखरा, पुस २५ : पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ।

बुधबार पुर्व गृहमन्त्री रवि लामिछाने सहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो। थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि बिहिबार सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो।

उच्च सरकारी वकिलको कार्यालय पोखरा र जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका तर्फबाट जवाफी बहस सकिएसँगै बिहिबार नै कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना रहेको छ।

लामिछाने, पूर्व डिआइजी छविलाल लगाएत विरुद्ध सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ५ गते थप र ७ गते पुरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो।
आदेशको समय नजिकिएसँगै बुधबारबाटै पोखराका शहीदचोक र जिल्ला अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पार्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। 
 

प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, पुस २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्