प्रतिबन्धित लागु औषधसहित एक जना पक्राउ
रौतहटको परवानिपुर नगरपालिका-२ जिङगडुवा घर भएका १८ बर्षीय इर्फान सेखलाई प्रहरीले वुधबार पक्राउ गरेको हो।
काठमाडौं, पुस २५ : प्रहरीले प्रतिबन्धित लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ।
रौतहटको परवानिपुर नगरपालिका-२ जिङगडुवा घर भएका १८ बर्षीय इर्फान सेखलाई प्रहरीले वुधबार पक्राउ गरेको हो।
दक्षिणकाली नगरपालिका-५ फर्पिङ स्थित बसपार्कमा इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले रौतहट गौरबाट काठमाडौं तर्फ आउँदै गरेको ना १ ज ८७५७ नं को टाटा सुमो चेकजाँच गर्दा ‘ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५०’ लेखिएको ६०० पतामा ९६००० पिस ० ट्याब्लेट शुल फेला पारी बरामद गरीएको इलाका प्रहरा कार्यालय फर्पिङले जनाएको छ।
उक्त घटनामा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको छ।
प्रकाशित मिति: १३:०० बजे, बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार