कांग्रेस-एमाले संयन्त्रको संयोजनको जिम्मा पुनः खड्कालाई
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित दुई दलीय संयन्त्रमा कांग्रेस र एमालेबाट चार-चार जना सदस्य छन्।
काठमाडौं, पुस २५ : नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रको संयोजनको जिम्मा पुनः कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पाएका छन्।
सरकारका काम प्रभावकारी बनाउन कांग्रेस र एमालेले गत कातिक १५ गते संयन्त्र बनाएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित दुई दलीय संयन्त्रमा कांग्रेस र एमालेबाट चार-चार जना सदस्य छन्।
संयन्त्रमा कांग्रेसका तर्फबाट उपसभापति खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन कुमार थापा र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्।
त्यसयता पुनः कांग्रेस उपसभापति खड्काले संयोजन गर्न थालेका छन्। खड्काले सिंहदरवारमा बुधबार संयन्त्रको बैठक राखेका थिए।
प्रकाशित मिति: १२:०८ बजे, बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












