Kathmandu Press

लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव पक्राउ

मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका एमाले मोरङ जिल्ला सदस्य समेत रहेका ४३ वर्षीय अनिललाई बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैबाट पक्राउ गरेको हो।
लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव पक्राउ

माेरङ, पुस २५ : संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन्।

मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका एमाले मोरङ जिल्ला सदस्य समेत रहेका ४३ वर्षीय अनिललाई बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैबाट पक्राउ गरेको हो।

प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका-५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप पछि उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश दिएको थियो।

उक्त ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई  जिम्मेवारीबाट हटाएका थिए।

प्रकाशित मिति: ११:२३ बजे, बिहीबार, पुस २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्