नेपाल ज्योतिष परिषदबाट पत्रकार गौतम सम्मानित
नेपाली कला, संस्कृति, धर्म एवम पर्यटन क्षेत्रको प्रवद्र्धन एवम संस्थागत सहयोग पुर्याएवापत गौतमलगायत विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गरिएको हो । पशुपतिनाथ मन्दिरका मुल भट्ट रावल गणेश भट्टले गौतमलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
काठमाडौं, पुस २५ : क्रियाशिल संचारकर्मी एवम नेपाल न्यूज बैंकका समाचार सम्पादक युवराज गौतम सम्मानित भएका छन् । नेपाल ज्योतिष परिषद्को २७ औं वार्षिकोत्सव समारोहका अवसर पारेर गौतमलाई सम्मान गरिएको हो ।
नेपाली कला, संस्कृति, धर्म एवम पर्यटन क्षेत्रको प्रवद्र्धन एवम संस्थागत सहयोग पुर्याएवापत गौतमलगायत विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गरिएको हो । पशुपतिनाथ मन्दिरका मुल भट्ट रावल गणेश भट्टले गौतमलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । गौतमसहित विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सम्मान समेत गरियो । सम्मानित हुनेहरुमा प्रा.डा धनेश्वर नेपाल, डा.दण्डपाणी अर्याल, लेखनाथ न्यौपाने, दामोदर जोशी, संचारकर्मी सुर्य अर्याल लगायत छन् ।
पूर्वी नेपालको इलाममा जन्मिएर २०६० सालमा स्थानीय पावन भूमि साप्ताहिकको वितरक हुँदै पत्रकारिता सुरु गरेका गौतमले दार्जिलिङ र इलामबाट स्पेसटाइम दैनिक र च्यानल नेपालको रिर्पोटर, कान्तिपुरको साप्ताहिकमा संवाददाता, भावी नेपाल साप्ताहिकको उपसम्पादक, इमेज च्यानलमा डेक्स सम्पादक हुँदै अर्थबजार डटकमको सम्पादकको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
गौतम हाल नेपालकै लोकप्रिय समाचार एजेन्सी नेपाल न्यूज बैंकको समाचार सम्पादकको भूमिकामा छन् । यसअघि कात्तिकको अन्तिम साता नेपाल युवा परिषद्ले गौतमलाई ‘नेसनल जर्नालिजम एक्सिलेन्स अवार्ड–२०२४’ बाट सम्मानित गरेको थियो ।










![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)
