Kathmandu Press

मन्त्री पाण्डेसँग बिम्स्टेक महासचिवको भेट

मन्त्री पाण्डेसँग बिम्स्टेक महासचिवको भेट

काठमाडौं, पुस २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले भेट गरेका छन्।

महासचिव पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले आज मन्त्री पाण्डेसँग मन्त्रालयमा भेट गरेको उनको सचिवालयले जनाएको छ।

Hardik ivf

भेटमा उहाँहरुबीच बिम्स्टेक देशहरुबीचको भिसा सहजकीकरण, धार्मिक, सांस्कृतिक र पर्यटकीय ‘सर्किट’मा पर्यटन पूर्वाधारको विकासलगायत विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पाण्डेले बिम्स्टेक टुरिजम फण्डलाई वृद्धिगरी त्यसको प्रभावकारी कार्यान्वयका लागि सहयोग गर्न आग्रह गरे।

उनले नेपालको हवाई उड्डयन क्षेत्रलाई चलायमान बनाउन, पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउन बिमस्टेक सदस्य राष्ट्रका पर्यटन बोर्डहरुबीचको आबद्धता तथा आपसी आदानप्रदानलगायतका विषयमा जोड दिए।

बिम्स्टेक महासचिव इन्द्रमणि पाण्डेले बिम्स्टेकको महत्वपूर्ण एजेण्डा ‘कनेक्टिभिटी’ भएको बताउँदै नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति: २०:२४ बजे, बुधबार, पुस २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्