अन्तिम चरणमा पुगेको नागढुंगा-नौबिसे सुरूङमार्ग आकाशबाट हेर्दा [फोटो फिचर]
मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ भने आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ।![अन्तिम चरणमा पुगेको नागढुंगा-नौबिसे सुरूङमार्ग आकाशबाट हेर्दा [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/surung-marga-nagdhunga-garjuri-sadak-(9)-1736341068.jpeg)
नागढुङ्गा–नौबिसे सुरुङमार्गमा अन्तिम चरणको काम भइरहेको छ।
मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ भने आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ।
धादिङको सिस्नेखोलामा मुख्य सुरुङ र काठमाडौंको गुर्जुधारामा फ्लाई ओभरसहित द्रुत गतिको सडक निर्माण भइरहेको छ।
सुरुङमार्ग सञ्चालनपश्चात इन्धन खपत कम हुने र नागढुङ्गा सडकखण्डमा सवारी जाम पनि कम हुने अपेक्षा गरिएको छ।
यसअघि गत असोजमा झ्याप्लेखोलामा पहिरो गएपछि नागढुंगा-नौबिसे सडक अवरूद्ध भएको थियो।
त्यतिबेला त्यहाँ रोकिएका सवारी साधनहरूलाई सुरूङमार्गबाटै काठमाडौं प्रवेश गराइएको थियो।
तस्बिरहरूः टार्जन लिम्बु/नेपाल न्यूज बैंक
प्रकाशित मिति: १८:४८ बजे, बुधबार, पुस २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार