Kathmandu Press

बाक्लो हुस्सुका कारण सिमरा विमानस्थलमा दुई दिनदेखि उडान प्रभावित [फोटो फिचर]

सिमरा–काठमाडौ उडानको लागि  २ हजार ३ सय भन्दा धेरै भिजिविलिटी आवश्यक पर्छ।
बाक्लो हुस्सुका कारण सिमरा विमानस्थलमा दुई दिनदेखि उडान प्रभावित [फोटो फिचर]

रौतहट, पुस २४ :  बाक्लो हुस्सुको कारण दुई दिनदेखि बाराको सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ । 

सिमरा–काठमाडौ उडानको लागि  २ हजार ३ सय भन्दा धेरै भिजिविलिटी आवश्यक पर्छ।

तर भिजिविलिटी कम हुँदा उडानहरू प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। सिमरा विमानस्थलका प्रमुख बिष्णु प्रसाद अधिकारीका अनुसार पुसको दोस्रो साता देखी नियमित उडानहरू प्रभावित भएको बताए ।

Hardik ivf

मौसममा देखिएको खराबीका कारण (कम भिजिविलिटी) का कारण आज (बुधबार ) पनि उडान प्रभावित भएको उनले जानकारी दिए ।

मौसमको कारणले पुस र माघको महिनामा तोकिएको समयमा उडान गर्न नसकिने उनको भनाइ छ ।सिमरा विमानस्थलबाट काठमाडौंको लागि बुद्ध एयरलाइन्सले दैनिक ७ वटा, यतिले २ उडान भर्दै आएका छन् । 

सिमरा विमानस्थलबाट काठमाडौंका लागि  दैनिक ८ देखि ९ सम्म उडानहरू हुने गरेको जनाएको छ। रौतहट सहित बारा, पर्सा, मकवानपुर, छिमेकी मुलुक भारतबाट दैनिक एक हजारदेखि १ हजार ५ सय यात्रुहरू सो विमानस्थलबाट सिमरा काठमाडौं आवतजावत गर्ने गर्दछन् ।

simara-airport-(1)-1736337769.jpeg

simara-airport-(4)-1736337769.jpeg

simara-airport-(2)-1736337770.jpeg

 

 

प्रकाशित मिति: १७:५४ बजे, बुधबार, पुस २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्