Kathmandu Press

सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीका वकिलहरूको बहस सकियो 

बुधबार कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरू तर्फका अधिवक्ताहरुको बहस सकिएको हो।
सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीका वकिलहरूको बहस सकियो 

काठमाडौं, पुस २४ : पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीतर्फका अधिवक्ताहरूको बहस सकिएको छ।

बुधबार कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरू तर्फका अधिवक्ताहरुको बहस सकिएको हो।

कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार बुधबारबाटै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ। बिहीबारसम्म सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुनेछ भने जवाफी बहस सकिएपछि आदेश आउने छ।

आदेश आउने समय नजिकिएसँगै पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ।

सूर्यदर्शन सहकारी प्रकरणमा पुस ५ गते थप र ७ गते पूरक अभियोजन गर्दा गर्दै १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी गरिएको छ।

प्रकाशित मिति: १६:३८ बजे, बुधबार, पुस २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्