Kathmandu Press

इजरायली राजदूतलाई भेटेर विपिनको रिहाइको पहल गर्न परराष्ट्रमन्त्रीले गरिन् आग्रह

बिहीबार परराष्ट्रमन्त्री डा.राणासँग शिष्टाचार भेटका क्रममा राजदूत बाससँग रााणाले विपिनलाई मुक्त गराउन पहल गर्न आग्रह गरेकी हुन्। 
इजरायली राजदूतलाई भेटेर विपिनको रिहाइको पहल गर्न परराष्ट्रमन्त्रीले गरिन् आग्रह

काठमाडौं, पुस २४ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायली सरकारसँग आग्रह गरेकी छन्।

परराष्ट्रमन्त्री राणाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग नेपाली विद्यार्थी जोशीको रिहाइका लागि आग्रह गरेकी हुन्। बिहीबार परराष्ट्रमन्त्री डा.राणासँग शिष्टाचार भेटका क्रममा राजदूत बाससँग रााणाले विपिनलाई मुक्त गराउन पहल गर्न आग्रह गरेकी हुन्। 

Hardik ivf

हमास समूहले अपहरण गररेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको सूचना आइरहेकाले यस विषयमा समेत मन्त्री डा.राणाले इजरायली राजदूतसँग जानकारी लिएकी थिइन्। 

भेटका क्रममा इजरायली राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिका समेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरूको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको जानकारी गराएकी थिइन्।
राजदूत बासले पहिलो चरणमा उनीहरुलाई नियन्त्रण मुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको पनि मन्त्री डा.राणालाई जानकारी गराएका छन्।

प्रकाशित मिति: १६:२७ बजे, बुधबार, पुस २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्