Kathmandu Press

रौतहटमा विभिन्न मुद्दाका २० जना फरार प्रतिवादी पक्राउ 

रौतहट प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार पुस २३ गते अदालतको फैसला  कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पठाइएको छ। 
रौतहटमा विभिन्न मुद्दाका २० जना फरार प्रतिवादी पक्राउ 

रौतहट, पुस २४ : रौतहट प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यलय तथा मातहतबाट खटिएको टोलीले खोजतलास गरी पक्राउ गरेको हो। रौतहट प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार पुस २३ गते अदालतको फैसला  कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पठाइएको छ। 

पक्राउ पर्नेमा जालसाजी मुद्दाका अभियुक्त धेरै रहेको उनले जानकारी दिए। जालसाजी मुद्दामा हुलास दास तत्मा , दीपलाल दास, जयलाल दास तत्मा, अखिलेन्द्र कुमार, सुखलाल महरा, फेकु महरा चमा , प्रेमचन्द्र महरा चमार, दशरथ दास तत्मा, शिव दास तत्मा, सुनरपतिया तात्मिनी र बिजयदास तत्मा रहेको उनले बताए। 

लेनदेन मुद्दाका आरोपी रामप्रवेश साह तेली र राजकुमार साहलाई पक्राउ गरिएको प्रहरी निरीक्षक महतोले जानकारी दिए। कुटपिटमा बेनी राय, टैट राय चोरीमा हरिशंकर राययादव, सवारी ज्यानमा जितेन्द्रप्रसाद जयसवाल र बिगोमा गौरीशंकर साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ। 

उनीहरुसँग कैद तथा जरिवाना सजाय तोकिएको रौतहट प्रहरीले जानकारी दिएको छ।
 

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, पुस २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्