Kathmandu Press

नेतृत्वको मति ठिक भएन : गगन थापा

काठमाडौंमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा बाेल्दै  उनले सबैजना भ्रष्टाचारमा गाजिएको भन्दै जनताको विश्वास भएपनि ठिक तरिकाले विकास र परिवर्तन गर्न नसकेको बताएका हुन। 
नेतृत्वको मति ठिक भएन : गगन थापा

काठमाडौं, पुस २४ : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेतृत्व गर्नेहरुको मति ठिक नभएको बताएका छन्। 

काठमाडौंमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा बाेल्दै  उनले सबैजना भ्रष्टाचारमा गाँजिएको भन्दै जनताको विश्वास भएपनि ठिक तरिकाले विकास र परिवर्तन गर्न नसकेको बताएका हुन। 

नेतृत्व गर्नेहरुको मति ठिक नभएको हुनाले गति पनि ठिक नभएको मलाई लागेको छ उनले भने,-‘मति ठिक नभएको कुरा खासगरि भ्रष्टाचारसँग जोडिएको छ। आम नागरिकले के सोच्छ भ्रष्टाचारकै कारणले गर्दा गति लिन सकेको छैन्। नत्र हामीलाई विश्वास नगरेको हो र विश्वास भएपनि किन ठिक तरिकाले विकास र परिवर्तन गर्न सकिरहेका छैनौं।’

भ्रष्टाचारले यसरी गाँज्यो की ठिक गति समात्न नसकेको बताउदैं उनले भने,-‘यही तीन वर्षभित्रमा नेपाली समाज भ्रष्टाचारका सन्दर्भमा अहिले जुन अवस्थामा छौं। त्यसलाई न्यून गर्नेतर्फ काम गरेर देखाउनु पर्नेछ।’

उनले जनताले सुनेका जति पनि काण्डहरू छन् त्यसको लामो लिस्ट बनाएर सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै त्यसमा जतिसुकै शक्तिशाली प्रधानमन्त्री, मन्त्री भएपनि नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले नछोड्ने बताए। 
 

प्रकाशित मिति: १६:११ बजे, बुधबार, पुस २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्