लम्किका स्थानीयको खानेपानीका समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता
‘नगरिकलाई शुद्ध पानी वितरण गर्ने सरकारको प्रमुख लक्ष र उदेश्य हो। लम्किमा निर्माण भइरहेको खानेपानी आयोजनाले यहाँका नागरिकको खानेपानीको समस्या समाधान गर्ने छ,’ उनले भने।कैलाली, पुस २४ : खानेपानीमन्त्री प्रदीप यादवले कैलालीको लम्कि क्षेत्रमा खानेपानीका समस्या समाधान गर्ने बताएका छन्।
बुधबार कैलाली जिल्लाको लम्किचुहा नगरपालिकास्थित लम्किचुहा सहलगानी खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले उक्त आयोजना सम्पन्न भए यस क्षेत्रमा खानेपानी सम्बन्धिका सबै समस्या समाधान गर्ने बताए।
‘नगरिकलाई शुद्ध पानी वितरण गर्ने सरकारको प्रमुख लक्ष र उदेश्य हो। लम्किमा निर्माण भइरहेको खानेपानी आयोजनाले यहाँका नागरिकको खानेपानीको समस्या समाधान गर्ने छ,’ उनले भने।
मन्त्री यादवले आम नागरिकलाई शुद्ध खानेपानी पुर्याउनु आफ्नो प्रमुख दायित्व भएको बताए।
‘आम नेपाली नागरिकलाई शुद्ध खानेपानी दिनु मेरो प्रमुख दायित्व हो। म आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधै कटिबद्ध छु,’ मन्त्री यादवले भने।
मन्त्री यादवले सुदुरपश्चिमका नगारिकका खानेपानी समस्या पूर्ण रुपमा समाधान गरिने समेत प्रतिबद्धता व्यक्त गरे। ‘सरकारको एक घर, एक धाराको अवधारणा अनुसार मन्त्रालय विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ। सुदूरपश्चिमाका नागरिकका खानेपानीका समस्या समाधान गरेरै छोड्छौँ,’ उनले भने।
आम नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउन प्रधानमन्त्री केपी ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफूले पनि मन्त्रालय सम्हालेदेखि हालसम्म नागरिकका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नतर्फ अग्रसर रहेका उनको भनाई थियो।