Kathmandu Press

जय ट्रफी मधेशविरूद्ध कुशल भुर्तेलले हाने अर्धशतक

जारी खेलमा उनी ६८ बलमा १० चौका प्रहार गर्दै ६८ रन बनाए। पहिलो खेलमा आर्मीविरुद्ध भने कुशल दुवै इनिङमा चल्न सकेका थिएनन्।
जय ट्रफी मधेशविरूद्ध कुशल भुर्तेलले हाने अर्धशतक

काठमाडाैं, पुस २४ : लामो समयदेखि खराब लयमा रहेका नेपाली राष्ट्रिय टिममा ओपनर कुशल भुर्तेलले जय ट्रफीमा अर्धशतक प्रहार गरेका छन्।

वीरगञ्जस्थित नारायाणी क्रिकेट मैदानमा जारी खेलमा कशुलले मधेश प्रदेशविरुद्ध अर्धशतक बनाएका हुन्। जारी खेलमा उनी ६८ बलमा १० चौका प्रहार गर्दै ६८ रन बनाए। पहिलो खेलमा आर्मीविरुद्ध भने कुशल दुवै इनिङमा चल्न सकेका थिएनन्।

कुशलको अर्धशतक मद्दतमा पुलिसले उत्कृष्ट सुरुआत गरेको छ। मधेशलाई १२६ रनमै अलआउट गर्दै आफ्नो इनिङ थालेको पुलिसले ताजा अवस्था २० ओभरमा १ विकेटको क्षतिमा ९७ रन बनाएको छ। उसका कुशल र दिलिप नाथले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए।

 

प्रकाशित मिति: १५:२२ बजे, बुधबार, पुस २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्