Kathmandu Press

गृहमन्त्रीसहित ५ संसदविरुद्धको अवहेलना मुद्दा ‘हेर्न नमिल्ने’  

अधिवक्ता यज्ञप्रसाद अधिकारीले गृहमन्त्री लेखकसहित सांसदहरू श्यामकुमार घिमिरे, सुर्यबहादुर थापा क्षेत्री, अमरबहादुर थापा र महेशकुमार बर्तौलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए। 
गृहमन्त्रीसहित ५ संसदविरुद्धको अवहेलना मुद्दा ‘हेर्न नमिल्ने’  

काठमाडौं, पुस २४ : गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दा ‘हेर्न नमिल्ने’ भएपछि सरेको छ।

अधिवक्ता यज्ञप्रसाद अधिकारीले गृहमन्त्री लेखकसहित सांसदहरू श्यामकुमार घिमिरे, सुर्यबहादुर थापा क्षेत्री, अमरबहादुर थापा र महेशकुमार बर्तौलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए। 

अवहेलना निवेदनमा सुनुवाईका लागि बुधबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको थियो।

सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका विरुद्ध असन्तुष्टि जनाउँदै पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न संसदमा धारणा राखेको आरोपसहित मुद्दा दर्ता भएको थियो। 

उक्त मुद्दामा अधिवक्ता अधिकारीले गृहमन्त्री लेखकसहित विपक्षीहरुलाई बयान गराएर कारबाही गर्न आदेशको माग राखेका छन्।  
 
प्रकाशित मिति: १४:४५ बजे, बुधबार, पुस २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्