Kathmandu Press

सन् २०२३ सम्मका क्रिकेट सिरिज प्रभावित हुने, विश्वकप समयमै गर्न प्रयास गरिने

काठमाडौं, वैशाख १२ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय क्रिकेटका सन् २०२३ सम्मका सिरिज प्रभावित हुने भएका छन्।<....

सन् २०२३ सम्मका क्रिकेट सिरिज प्रभावित हुने, विश्वकप समयमै गर्न प्रयास गरिने

काठमाडौं, वैशाख १२ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय क्रिकेटका सन् २०२३ सम्मका सिरिज प्रभावित हुने भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को बिहीबार भएको भिडियो कन्फेरेन्समा सन् २०२३ सम्मका कार्यक्रम परिवर्तन गर्ने सहमति भएको हो।

Hardik ivf

आईसिसीको बैठकमा विश्व टेष्ट च्याम्पियनसिप र वान डे लिग पनि प्रभावित हुनेसक्ने विषयमा छफलल भएको थियो। तर, यी दुई प्रतियोगिताका विषयमा पछि छलफल गर्ने सहमति बैठकमा भएको बताइएको छ। 

आईसिसीले भनेको छ, ‘कोरोना भाइरसका कारण सन् २०२३ सम्मका टुरमा समीक्षा गर्नुपर्ने देखिएको छ। अहिलेसम्म जतिपनि प्रतियोगिता स्थागित भएका छन्, ती प्रतियोगिताहरु सकेसम्म आयोजना गर्ने प्रयास गरिने छ।’

कोरोना भाइरसका कारण दक्षिण अफ्रिकाको भारत र श्रीलंका भ्रमण, इंग्ल्याान्डको श्रीलंका भ्रमण, न्यूजिल्यान्डको अष्ट्रेलिया भ्रमण स्थगित भइसकेको छ भने पाकिस्तान र न्यूजिल्यान्डको इंग्ल्यान्ड भ्रमण पनि अन्योलमा छ। 

यसैगरी, आईसिसीले टि–२० विश्वकपका लागि आपतकालीन योजना बनाउने र प्रतियोगिता आयोजनाका लागि हरसम्भव प्रयास गर्ने पनि निर्णय गरेको छ। आईसिसीले टि–२० विश्वकपसँगै सन् २०२१ मा हुने महिला विश्वकप पनि समयमै गर्न प्रायस गर्ने जनाएको छ ।

बैठकमा आईसिसीका १२ पूर्ण सदस्य राष्ट्र र ३ एसोसियट राष्ट्रका प्रतिनिधि सहभागी थिए। बैठकमा सहभागी राष्ट्रले कोरोनाको कारण क्रिकेटमा उत्पन्न चुनौती मिलेर सामना गर्न प्रतिवद्धता जनाएका थिए। 
 

प्रकाशित मिति: १५:१६ बजे, शुक्रबार, वैशाख १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्