कास्की जिल्ला अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा
प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडिको राष्ट्रबैंक चोक, वाइचोक, सहिद चोक क्षेत्रमा सवारीसाधन चल्न रोकेको छ।कास्की, पुस २४ : सूर्यदर्शन सहकारी प्रकरणको थुनछेक बहस सकिने चरणमा पुगेका बेला अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडिको राष्ट्रबैंक चोक, वाइचोक, सहिद चोक क्षेत्रमा सवारीसाधन चल्न रोकेको छ।
सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादीमाथिको थुनछेक बहस आज सकाउने अदालतको तयारी छ।
मंगलबार लामिछानेको थुनछेक बहस चलिरहेका बेला रास्वपाका समर्थकहरूले अदालत बाहिर प्रधानमन्त्री केपी ओली र कांग्रेस महामन्त्री गगन थापाविरुद्ध नाराबाजी गरेका थिए।
सुरक्षा अवस्थालाई ध्यानमा राखेर प्रहरीको उपस्थिति समेत बाक्लो बनाइएको छ।
सहकारी रकम अपचलनका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईंको बहस सकिएको छ भने रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीको बहस सकिन मात्र बाँकी छ।
सरकारी वकिलको कार्यालयले जवाफी बहसपछि सम्भवतः बिहीबार अदालतले आदेश गर्ने छ।