जय ट्रफीमा मयन र इमरानले बनाए अर्धशतक
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा मधेश प्रदेश र नेपाल पुलिस क्लब तथा जनकपुरस्थित रामनाजकी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश भिडिरहेका छन्।काठमाडौं, पुस २४ : वीरगञ्ज र जनकपुरमा जारी दुई दिवसीय क्रिकेट ‘जय ट्रफी एलिट कप’को दोस्रो चरणको खेल भइरहेको छ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा मधेश प्रदेश र नेपाल पुलिस क्लब तथा जनकपुरस्थित रामनाजकी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश भिडिरहेका छन्।
नारायणी क्रिकेट मैदानमा पुलिसविरुद्ध मधेशले ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा ३४ ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको छ। उसका इनफर्म ब्याट्सम्यान मयन यादवले अर्धशतक बनाए । पहिलो खेलको दोस्रो पारीमा शतक बनाएका उनले पुलिसविरुद्ध ९८ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ५७ रन बनाएका छन्।
यस्तै, उसका निरज यादवले २९ रन बनाउँदा अन्यले भने दोहोरो अंकमा स्कार बनाउन सकेनन्। बलिङमा पुलिका गुल्सन झाले ३ तथा श्रवण यादव, ललित राजवंशी र कशुल भुर्तेलले समान १ विकेट लिए।
त्यस्तै रामजानकी क्रिकेट मैदानमा जारी खेलमा पहिल ब्याटिङ गरेको आर्मीले इमरान शेखको अर्धशतक मद्दतमा ३२ ओभरमा १ विकेट मात्र गुमाएर १३८ रन बनाएको छ।
उत्कृष्ट ब्याटिङ गरिरहेका शेखले ९४ बलमा ८ विकेटको क्षतिमा ६० रन बनाएर खेलिरहेका छन्। उनलाई १५ रन बनाएर भीम सार्कीले साथ दिइरहेका छन्।
त्यसअघि तृतराज दासले ४४ रन बनाउँदै पहिलो विकेटका लागि १०३ रनको साझेदारी गरेका थिए। यो जारी प्रतियोगिताको सर्वाधिक ठूलो साझेदारी हो। बलिङमा एकमात्र विकेट बागमतीका कप्तान सन्दीप लामिछानेले लिए।