Kathmandu Press

सहकारी ठगी प्रकरणमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी श्रीमती अदालत उपस्थित

मोरङको धनपालथान–३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी उनी बुधबार मोरङ जिल्ला अदालतमा उपस्थित भएकी हुन्।
सहकारी ठगी प्रकरणमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी श्रीमती अदालत उपस्थित

मोरङ, पुस २४ : सहकारी गठी प्रकरणमा मुछिएपछि फारार रहेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छिन्। 

मोरङको धनपालथान–३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी उनी बुधबार मोरङ जिल्ला अदालतमा उपस्थित भएकी हुन्। कोइराला बुधबार कार्यालय समय हुनासाथ अदालतमा उपस्थित भएकी हुन्।

Hardik ivf

प्रहरीले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना गरेको आरोप प्रकरणमा अञ्जलासहित २६ जनाविरुद्ध गत मंसिर २७ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । 

विराटनगरको महेन्द्र रात्रि मावीमा शिक्षिका उनी मुद्दा दायर भएपछि फरार थिइन्। 

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको थुनछेक बयान हुने गरी पेसी तोकिएको छ। 

यो सहकारीका रकम हिनामिनामा मुद्दा दायर भएका २६ जनामध्ये एक जना पुर्पक्षका लागि थुनामा र १ जना धरौटीमा रिहा हुँदा २३ जना अझै फरार छन्। 

प्रकाशित मिति: १२:०१ बजे, बुधबार, पुस २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्