शैलुङमा यस वर्षको पहिलो हिमपात
शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो ।रामेछाप, पुस २४ : रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ ।
शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो ।
दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए । मंगलबारबाट शैलुङमा बाक्लो हिउँ परेको छ ।
हिउँ परेसँगै शैलुङका डाँडा मनोरम र सेताम्य भएका छन् । शैलुङमा हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरु त्यहाँ पुग्ने गर्दछन् । हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै स्थनीय किसान समेत खुसी भएका छन् ।
हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएकोले राम्रो उब्जनी हुने किसानहरू बताउँछन् ।
प्रकाशित मिति: ०८:२९ बजे, बुधबार, पुस २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा निषेधित क्षेत्र तोडेर रास्वपाका कार्यकर्ताले आज पनि गरे नाराबाजीबुधबार, पुस २४, २०८१
एफ-वान सफ्टको खाताबाट साढे ३ करोड 'चोरी' प्रकरण: ९ जनालाई धरौटीमा छाड्न आदेशबुधबार, पुस २४, २०८१
अन्तिम चरणमा पुगेको नागढुंगा-नौबिसे सुरूङमार्ग आकाशबाट हेर्दा [फोटो फिचर]बुधबार, पुस २४, २०८१