Kathmandu Press

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना 

जसकारण, हाल देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । पश्चिम तराईका केही स्थानहरूमा भने हुस्सु र कुहिरो लागेको छ । 
आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना 

काठमाडौं, पुस २४ : हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । 

जसकारण, हाल देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । पश्चिम तराईका केही स्थानहरूमा भने हुस्सु र कुहिरो लागेको छ । 

Hardik ivf

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । 

राती पनि कोशी प्रदेशका पहाडी भू–भागमा बदली रहि बाँकी भू–भागमा मौसम सफा रहने छ भने कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: ०७:२३ बजे, बुधबार, पुस २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्