सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने सरकारी निर्णय
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडामगर र कुलबहादुर नेम्वाङको म्याद थप गर्ने निर्णय गरेको हो ।
काठमाडौं, पुस २४ : सरकारले सशस्त्र प्रहरीका चार नायब महानिरीक्षक (डीआईजी)को पदावधि एक वर्ष थप गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडामगर र कुलबहादुर नेम्वाङको म्याद थप गर्ने निर्णय गरेको हो । मंगलबार राति १२ बजेबाट लागु हुनेगरी सशस्त्रका चार डीआईजीहरूको पदावधि थप गरेको हो ।
उनीहरू मंगलबार राति मध्यरातिबाट अवकाशमा जाँदै थिए । सशस्त्रको मुख्यालयले दुई साताअघि नै उनीहरूको पदावधि थप गर्न सिफारिस गरेको थियो ।
सशस्त्र प्रहरी बल नियमावलीले डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा गरेको छ ।
प्रकाशित मिति: ०७:१४ बजे, बुधबार, पुस २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












