Kathmandu Press

सिआइबीले धनराज गुरूङसँग लियो ४ घन्टा बयान

सिआइबीले गुरूङसँग यसअघि पनि बयान लिएको थियो।
सिआइबीले धनराज गुरूङसँग लियो ४ घन्टा बयान

काठमाडौं, पुस २३ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग सोधपुछ गरेको छ।

मंगलबार गुरूङसँग मंगलबार सोधपुछ गरिएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

गुरूङसँग सिआइबीले चार घन्टा बयान लिएको हो। मध्याह्न १२ बजेदेखि सुरू भएको बयान अपराह्न ४ बजेसम्म चलेको थियो।

ललितपुरको मितेरी सहरकारीको बचत अपचलन गरी फरार रहेकी ज्योती गुरूङ उपसभापति गुरूङकी श्रीमती हुन्। यद्यपि उपसभापति गुरूङले भने ज्योतिसँग सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै उक्त प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन्।

सिआइबीले गुरूङसँग यसअघि पनि बयान लिएको थियो।

प्रकाशित मिति: २०:३८ बजे, मंगलबार, पुस २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्