Kathmandu Press

भीम रावलसहित तीन जनामाथिको कारबाही फिर्ता हुँदैन:ओली

ओलीले बरू उनीहरूमाथिको कारबाही बरू लम्बिन सक्ने बताएका छन्।
भीम रावलसहित तीन जनामाथिको कारबाही फिर्ता हुँदैन:ओली

काठमाडौं, पुस २३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्व उपाध्यक्ष भीम रावलसहित तीन जना नेतामाथि गरिएको कारबाही फिर्ता नहुने बताएका छन्।

केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले भीम रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथिको कारबाहीबारे पुनर्विचार गर्नुपर्ने बताएपछि ओलीले कारबाही फिर्ता नहुने बताएका हुन्।

ओलीले बरू उनीहरूमाथिको कारबाही बरू लम्बिन सक्ने बताएका छन्।

मंसिर १० गतेको एमाले सचिवालय बैठकले रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको थियो। स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य  तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो।

प्रकाशित मिति: १८:५६ बजे, मंगलबार, पुस २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्