Kathmandu Press

नेता भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौं, फागुन १९ : पूर्वउपप्रधानमन्त्री एवं नेकपा नेता भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ । नेता भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण

रिवाज राई

काठमाडौं, फागुन १९ : पूर्वउपप्रधानमन्त्री एवं नेकपा नेता भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ । अधिकारीकाे शनिबार राति उपचारका क्रममा निधन भएकाे हाे ।

नेकपा मुख्यायल धुम्बाराहीमा आज बिहान ९ बजेदेखि १२ बजेसम्म विभिन्न दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणले श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

नेता अधिकारीलाई श्रद्धाञ्जलि गर्न सर्वसाधारण पनि नेकपा केन्द्रीय कार्यालय पुगेका थिए ।

प्रकाशित मिति: १२:२६ बजे, आइतबार, फागुन १९, २०७५