महिला पिएम कप माघ १ देखि धनगढीमा हुने
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार तालिका सर्वाजनिक गर्दै प्रतियोगिता माघ १ गतेदेखि १२ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने जनाएको छ।काठमाडाैं, पुस २२ : प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिता माघ १ गतेबाट सुरु हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार तालिका सर्वाजनिक गर्दै प्रतियोगिता माघ १ गतेदेखि १२ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने जनाएको छ।
प्रतियोगितामा २ विभागीय र प्रदेशका ७ गरी कुल ९ टिमको सहभागीता रहनेछ। यसअघि एपिएफको मात्र टिम सहभागी हुँदै आएकोमा यो पटकबाट आर्मीको टिम पनि सहभागी हुनेछ।
क्यानले सहभागी ९ टिमलाई २ समूहमा विभाजन गरेको छ। जसमा समूह एमा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र एपीएफ रहेका छन् भने समुह बीमा कोशी, बागमती, मधेश र त्रिभुवन आर्मी रहेका छन्।
प्रतियोतिगामा प्रत्येक दिन २ खेल हुनेछ। जसमा उद्घाटन खेल सुदूरपश्चिम र गण्डकी प्रदेशबीच हुनेछ भने सोही दिन कर्णाली प्रदेश र एपीएफ पनि भीड्ने छन्। पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ।
दुवै समूहका शीर्ष २ टिम सुपर फोरमा पुग्ने छन्। सुपर फोरमा प्रत्येक टिमले २ खेल खेल्नेछन्। त्यसबाट शीर्ष २ टिमले उपाधिका लागि खेल्ने छन्।
विभायीग टिम एपिएफ क्लब प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन हो। उसले कोशी प्रदेशलाई फाइनलमा हराएको थियो।
यस्ताे छ तालिका