Kathmandu Press

जय ट्रफीका दुवै खेल बराबरीमा 

वीरगञ्जस्थित नारायणी रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब तथा जनकपुरस्थित रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको मधेश र बागमती प्रदेशबीचको खेल बराबरीमा सकिएको हो।
जय ट्रफीका दुवै खेल बराबरीमा 

काठमाडाैं, पुस २२ : दुई दिवसीय प्रतियोगिता ‘जय ट्रफी एलिट कप’का दुवै खेल बराबरीमा सकिएको छ। 

वीरगञ्जस्थित नारायणी रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब तथा जनकपुरस्थित रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको मधेश र बागमती प्रदेशबीचको खेल बराबरीमा सकिएको हो।

पहिलो दिन बलर हावी भएको खेलमा दोस्रा दिन ब्याट्सम्यानहरूले राम्रो प्रदर्शन गरेपछि दुवै खेलमा निर्णय आउन सकेन।

Hardik ivf

नारायाणी रंगशाला दोस्रो दिन आर्मीले दिएको १७२ रनको लक्ष्य पछ्याएको पुलिसले खेलसकिँदा ५ विकेटको क्षतिमा ८८ रन मात्र बनाउन सकेपछि खेल बराबरी भएको थियो। पुलिसका लागि अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाउँदा अर्जुन साउदले १९ र रसिद खानले १० रन बनाए। बलिङमा आर्मी साहब आलम र आकाश चन्दले समान २ विकेट लिए।

472959176_1035959925227054_5085081276388318415_n-1736167849.jpg
 

त्यसअघि पहिला दोस्रो दिन नै आर्मीले दोस्रो इनिङमा सोमपाल कामीको अर्धशतक मद्दतमा १७५ रन बनाएको थियो। सोमपालले १३८ बल खेल्दै १० चौका र १ छक्का प्रहार गरे। यस्तै, तृतराज दासले ३४ रन बनाउँदा अन्यले गतिलो योगदान दिन सकेनन्। बलिङमा पुलिसका कुशल भुर्तेलले ४ विकेट लिँदा गुल्सन झाले २ विकेट लिए।

पहिलो इनिङमा आर्मीले १२१ रन बनाएको थियो। उसका कुशल मल्लले २५, भीम सार्कीले २२ र विनोद भण्डारीले २१ रन बनाएका थिए। बलिङमा पुलिसका ललित राजवंशीले ७ विकेट लिएका थिए।

पुलिसले भने पहिलो इनिङमा १२५ रन बनायो। उसका लागि गुल्सन झाले सर्वाधिक ४७ रन बनाउँदा अमित श्रेष्ठले १८ रन बनाए। बलिङमा उसका साहब आलमले ८ विकेट लिए।

बराबरीपछि पुलिसले बोनससहित १५ अंक प्राप्त गर्दा आर्मीले १४ अंक प्राप्त गरेको छ।

मयनको शतकमा मधेश र बागमतीबीचको खेल बराबरीमा

रामजानकी क्रिकेट मैदानमा भएको बामगती र मधेशबीचको खेल पनि बराबरीमा सकियो। मयन यादवको शतकमा मधेशले दिएको १६४ रनको लक्ष्य पछ्याएको बागमतीले दिनको खेल सकिँदा ६ विकेटको क्षतिमा ९७ रन मात्र बनाउन सक्यो। 

बामगतीका लागि रित गौतमले २५, शुभ कंशकारले २३, आशुतोष घिरैलाले १७ र प्रतिश जिसीले १६ रनको योगदान दिए। बलिङमा मधेशका हरिशंकर साहले ३ विकेट लिए।

 

त्यसअघि दोस्रो इनिङमा मधेशले मयन यादवको शतक मद्दतमा २११ रन बनाएको थियो। प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा उनले १०८ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै १०६ रन बनाए। बलिङमा बागमतीका सन्दीप लामिछानेले ५ र सूर्य तामाङले २ विकेट लिए।

पहिलो इनिङमा मधेशले १०२ रन मात्र बनाउन सकेको थियो। उसका मयनले सर्वाधिक २१ रन बनाउँदा विशाल पटेलले १६ रन बनाएका थिए। बलिङमा सन्दीपले ५ र सूर्यले ३ विकेट लिएका थिए।

यता, बागमतीले पहिलो इनिङमा १५० रन बनाएको थियो। उसका नन्दन यादवले ४७ रन बनाउँदा शुभ कंशकारले ३५ र सन्दीपले ३३ रन बनाएका थिए। बलिङमा मधेशका अविशेक तिवारी र रुपेश सिंहले समान ४ विकेट लिए।

बराबरीसँगै दुवै टिमले समान १५ अंक प्राप्त गरेका छन्।

प्रकाशित मिति: १८:४२ बजे, सोमबार, पुस २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्