Kathmandu Press

जय ट्रफीमा मयनले हाने शतक

उनले ३३औं ओभरमाको पहिलो बलमा इशान पाण्डेलाई २ रन प्रहार गर्दै जय ट्रफीकै पहिलो शतक प्रहार गरेका हुन्। यस क्रममा उनले १०२ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरे। 
जय ट्रफीमा मयनले हाने शतक

काठमाडाैं, पुस २२ : नेपाली यु–१९ टिमको ओपनर मयन यादवले जारी दुई दिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी एलिट कपमा शतक प्रहार गरेका छन्। 

जनकपुरस्थित रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बागमती प्रदेशविरुद्धको खेलको दोस्रो इनिङमा मयनले शतक प्रहार गरेका हुन्। 

उनले ३३औं ओभरमाको पहिलो बलमा इशान पाण्डेलाई २ रन प्रहार गर्दै जय ट्रफीकै पहिलो शतक प्रहार गरेका हुन्। यस क्रममा उनले १०२ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरे। 

मयनको शतक मद्दतमा दोस्रो इनिमा मधेशले ३५ ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको छ। योसँगै खेल बराबरीतर्फ उन्मूख भएको छ। 

पहिलो इनिङमा मधेशले १०२ रन बनाँदा बागमतीले १५० रन बनाएको थियो।

प्रकाशित मिति: १५:०७ बजे, सोमबार, पुस २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्