Kathmandu Press

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले ‘कोसेढुंगा’ बनाउने

उनले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन्।
‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले ‘कोसेढुंगा’ बनाउने

काठमाडौं, पुस २१ : ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले नयाँ फिल्म ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका छन्।

उनले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन्। थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएछिन्। 

फिल्म २०८२ मा रिलिज गर्न तयारी निर्माण पक्षको छ। नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन्।

बाबु श्रेष्ठको डीओपी, सुरेन्द्र पौडेलले सम्पादन रहने फिल्ममा संगीत रिदम कँडेल र आशिष अविरलको रहनेछ। कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन्।

फिल्मका कलाकार भने फाइनल भइसकेको निर्देशक पौडेलले बताएका छन्। कलाकार केही समयमै फाइनल हुने उलने बताए।
 

प्रकाशित मिति: १३:४२ बजे, आइतबार, पुस २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्