Kathmandu Press

यू–१९ विश्वकपका लागि नेपाली महिला टिमको घोषणा

मलेसियामा जनवरी १८ बाट सुरु हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।
यू–१९ विश्वकपका लागि नेपाली महिला टिमको घोषणा

काठमाडाैं, पुस २१ : आसन्न यू–१९ महिला टि–२० विश्वकपका नेपाली टिमको घोषणा गरिएको छ।

मलेसियामा जनवरी १८ बाट सुरु हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।

चिवतनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक साताको प्रशिक्षणपछि क्यानले १५ सदस्यीय टिम घोषणा गरेको हो।

Hardik ivf

क्यानले २ साताअघि भएको एसिसी यूू–१९ एसिया कप खेलेकै टिमलाई निरन्तरता दिएको छ। मलेसियामै भएको एसिया कपमा नेपाल सुपर फोरमा पुगेको थियो।

नेपाली टिममा यूएईमा विश्वकप छनोट खेलेकी मनिषा उपाध्याय नहुँदा त्यतिबेला टिममा नरहेका किरण कुँवर र अनु कडायतले विश्वकपको टिममा स्थान बनाएका छन्।

१६ राष्ट्र सहभागी विश्वकपमा नेपाल समूह डी  अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग रहेको छ।

नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्नेछ भने जनवरी २० मा स्कटल्याण्डसँग र जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ।

१६ टिमलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने छन्। सुपर सिक्समा पनि २ समूह हुनेछ। जहाँ समूह ए र डीका शीर्ष ३ टिम  एउटा ग्रुप र समूह बी र सीका शीर्ष ३ टिम अर्को ग्रुपमा हुनेछन्।

तीन खेलमध्ये १ खेल मात्र जिते पनि सुपर सिक्समा पुग्ने अवसर हुने छ। त्यसैले नेपाललाई सुपर सिक्स पुग्ने अवसर छ। नेपाल सुपर सिक्स पुगे भारत, श्रीलंका, वेस्टइन्डिज र मलेसिया मध्ये  ३ टिमसँग खेल्न पाउनेछ।

नेपाली टिम पुजा महतो सोनी पाख्रिन, सना प्रविन, कुसुम गोदार, अलिसामारी यादव, ज्योत्सनिका मरासिनी, कृष्मा गुरुङ, तृष्णा विक, सावित्री धामी, किरणकुमारी कुँवर, रचना चौधरी, रिया शर्मा, सिमाना केसी, अनु कडायत, स्नेहा महरा।

प्रकाशित मिति: ०६:२५ बजे, आइतबार, पुस २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्