Kathmandu Press

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको पुस्तक ‘आमा, सपना र  ताराहरू’ विमोचन

शुक्रबार आयोजित एक समारोहबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पुस्तक विमोचन गरे। 
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको पुस्तक ‘आमा, सपना र  ताराहरू’ विमोचन

काठमाडौं, पुस १९ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको कृति ‘आमा, सपना र ताराहरू’ सार्वजनिक भएको छ। 

शुक्रबार आयोजित एक समारोहबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पुस्तक विमोचन गरे। 

सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले साहित्य लेखनमार्फत सर्जकले आफ्ना सृजना देश र जनताका लागि खर्चनुपर्ने बताइन्। उनले साहित्य लेखनलाई राजनीति, आर्थिक र सामाजिक परिवर्तनसँग जोडेर लैजानुपर्ने आवश्यकता औंल्याइन्। 

Hardik ivf

यस्तै, कांग्रेस महामन्त्री शर्माले पूर्वराष्ट्रपतिहरूलाई बाँकी जीवन राजनीतिमा पुनरागमन गर्नुभन्दा सामाजिक परिवर्तनको नेतृत्व गर्न आग्रह गरे।  

‘गरिबी र पतीवियोगमा रहनुभएकी आफ्नी आमाको प्रेरणाबाट पोखरेल राजनीति क्षेत्रमा अहिलेको अवस्थामा आइपुग्नुभएको हो,’ उनले भने, उहाँकी आमाले त्यसबेला पनि छोरा ईश्वरको अन्तरजातीय विवाहलाई सहजै स्वीकार्नुभयो। उहाँमा मुखले बोलेर कसैलाई चित्त दुखाउन हुन्न भन्ने भावना थियो।’

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कृतिमा एक सय वर्षको बदलिँदो नेपाली समाज, पारिवारिक संगठन र विघटन, जलवायु परिवर्तनका कारणले भएका बसाइँसराइलगायत समसामयिक र वास्तविक पक्षलाई समेटिएको बताए।

‘अहिले अभ्यासमा रहेको राजनीति र लोकतन्त्र सित्तैमा आएको होइन, नेपाली समाज वर्तमान अवस्थामा आइपुग्न धेरै आमाहरू र ईश्वर पोखरेलजस्ता योद्धाको ठूलो संघर्ष र बलिदानपूर्ण संघर्ष छ। उहाँहरू सर्वकालीन र सार्वभौम हुनुहुन्छ,’ उनले भने।

कृतिका लेखक पोखरेलले आफ्नी आमालाई परिवर्तन र रुपान्तरणको पात्रका रूपमा प्रस्तुत गर्दै समाज परिवर्तनको आन्दोलनका सिलसिलामा नेपाली आमाहरूलाई कसरी र कुन ठाउँमा पाइयो भन्ने विषयवस्तु जस्ताको त्यस्तै उतार्न कोसिस गरेको बताए। कृतिमा पति र पुत्रवियोगमा, आर्थिक अभावमा पनि समाज र सन्तानलाई देश र जनताका पक्ष अटल रहन प्रेरणा दिएका घटना समेटिएका छन्। 

पुस्तकमा माइती र घरमा आमा, पीडादायी घरायसी अवस्था, बाबुको निधन र त्यसपछिका चुनौती, आमासित छुट्टिन पर्दा, विद्यार्थी जीवन र राजनीतिमा प्रवेश, मैले घर छोडेपछि आमाको अवस्था, भूमिगत अवस्थामा आमासित भेट, मलाई बचाउने औतारी लामा, आँखा दान गर्ने आमा र आमाको स्वभाव शीर्षकमा विभिन्न विषयवस्तु समावेश छन्।

प्रकाशित मिति: १८:११ बजे, शुक्रबार, पुस १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्