Kathmandu Press

पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली

काठमाडौं, पुस १८ : प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ ।

प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बूढानीलकण्ठ  पुगेका थिए।

करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो  राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिइन्। 

Hardik ivf

ओली र भण्डारीबीचको भेटलाई एमालेभित्रको राजनीतिलाई लिएर चासोका साथ हेरिएको छ। 

एमालेका एउटा पक्ष पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन लबिइङ गरिरहेको छ।

पार्टीभित्र उनलाई ओलीको विकल्पका रूपमा समेत हेर्न थालिएको छ। 

पदाधिकारी तहकै नेताहरूले पूर्वराष्ट्रपतिलाई एमालेको सक्रिय राजनीतिमा फर्कन आग्रह गर्दै आएपछि अध्यक्ष ओलीले त्यसका लागि दौडधुप नगर्न समेत नेताहरूलाई चेतावनी दिएका थिए। 

मंसिर ३० गते केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले भण्डारीलाई पार्टीमा आउन भनेर नभेट्न नेताहरूलाई सचेत गराएका थिए। 

‘पूर्वराष्ट्रपति (भण्डारी) कहाँ गएर पार्टीमा आइदिनुपर्‍यो भन्ने कुराको कुनै तुक छैन। उहाँ सर्वोच्च भइसकेको व्यक्ति हो । आवश्यकता रहे हाम्रै सल्लाहमा आउनुहुन्छ,' त्यतिबेला उनले भनेका थिए। 

 पढ्नुस्: एमाले नेताहरूलाई ओलीले भने - पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय गराउन दौडधुप नगर्नू

प्रकाशित मिति: २०:०९ बजे, बिहीबार, पुस १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्