Kathmandu Press

एमाले नेताहरूलाई ओलीले भने - पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय गराउन दौडधुप नगर्नू

‘पूर्वराष्ट्रपति (भण्डारी) कहाँ गएर पार्टीमा आइदिनुपर्‍यो भन्ने कुराको कुनै तुक छैन। उहाँ सर्वोच्च भइसकेको व्यक्ति हो । आवश्यकता रहे हाम्रै सल्लाहमा आउनुहुन्छ,' उनले भने। 
एमाले नेताहरूलाई ओलीले भने - पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय गराउन दौडधुप नगर्नू

काठमाडौं, मंसिर ३० : प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधुप नगर्न नेताहरूलाई सुझाव दिएका छन्। 

आइतबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित ‘स्थानीय तहमा पार्टीका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालामा बोल्दै एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा आउन भन्दै नभेट्न पनि सचेत गराए।

Hardik ivf

‘पूर्वराष्ट्रपति (भण्डारी) कहाँ गएर पार्टीमा आइदिनुपर्‍यो भन्ने कुराको कुनै तुक छैन। उहाँ सर्वोच्च भइसकेको व्यक्ति हो । आवश्यकता रहे हाम्रै सल्लाहमा आउनुहुन्छ,' उनले भने। 

एमालेको ११ औं महाधिवेशनमा भण्डारीलाई पार्टी अध्यक्ष बनाउने चर्चा चलिरहेका बेला पार्टी अध्यक्ष ओलीबाट यस्तो भनाइ आएको हो।उनलाई एमालेको राजनीतिमा पुनः सक्रिय बनाउन एमालेभित्रका केही नेताहरू लागेको भन्ने चर्चा पनि चलेको छ।

ओलीले उक्त कार्यक्रममा पार्टीमा कुनै गुट नरहेको दाबी गर्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका नाममा कसैले गुटको राजनीति नगर्न समेत चेतावनी दिएका थिए।

 

प्रकाशित मिति: १९:३५ बजे, आइतबार, मंसिर ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्