Kathmandu Press

बालगायक सचिन परियारको निधन

स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो।
बालगायक सचिन परियारको निधन

काठमाडौं, पुस १८ : बालगायक सचिन परियारको निधन भएको छ। 

स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि सचिन बुधबार अस्पताल भर्ना भएका थिए। छोराको निधनबारे उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन्। 

एक सातादेखि टिचिङमा उपचार गराइरहेका बेला सचिनको स्वास्थ्य अवस्था झनै कमजोर बन्दै गएको थियो। 

भाइरल बाल गायकका रुपमा परिचित सचिनले गाएका गीत समाजिक सञ्जालमा चर्चित छन्। उनको शवलाई अस्पतालबाट निकालेर अन्तिम संस्कारका लागि लैजाने तयारी भइरहेको छ। 

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए। हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्।
 

प्रकाशित मिति: १५:०३ बजे, बिहीबार, पुस १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्